दफा २७
शेयरको अड्ढित मूल्य र दरखास्त
: (१) प्राइभेट कम्पनीको शेयरको अङ्कित मूल्य नियमावलीमा
तोके बमोजिम हुनेछ ।
(२) पब्लिक कम्पनीको शेयरको अड्ढित मूल्य प्रति शेयर पचास रुपैयाँ वा दश अङ्कले भाग
जाने सोभन्दा बढी अङ्कले हुन आउने गरी प्रबन्धपत्र तथा नियमावलीमा व्यवस्था भए बमोजिमको
रकम बराबर हुनेछ ।
(३) पब्लिक कम्पनीले शेयर खरिदको लागि दरखास्त आव्हान गर्दा प्रति शेयरको अङ्कित
मूल्यको पचास प्रतिशतभन्दा बढी रकम दरखास्तसाथ माग गर्नु हुँदैन ।
तर कम्तीमा तीन वर्षअघिदेखि सञ्चालनमा रहेका कम्पनीले विवरणपत्र प्रकाशन गर्दा
आफ्नोअघिल्लो तीन वर्षको लेखापरीक्षण भएको आर्थिक विवरण प्रकाशन गरी पुँजी उठाउँदा यो
व्यवस्था लागू हुने छैन ।
(४) पब्लिक कम्पनीको शेयर खरिद गर्न चाहने व्यक्तिले तोकिए बमोजिमको ढाँचामा
दरखास्त दिनु पर्नेछ ।